रेनु भर्सेस विजय : भरतपुर महानगरपालिकाको मतगणनास्थल तस्बिरमा हेर्नुहोस्
शनिबार, ३१ वैशाख २०७९, ११ : ०९
भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न लागिएको छ । यसअघि ९ बजेदेखि नै मतगणना सुरु हुने भनिएपनि प्राविधिक कार्यहरु बाँकी रहेकाले सुरु हुन ढिलाइ भएको हो ।
अब भने मतगणना सुरु गर्नका लागि गणकहरु भरतपुरस्थित मतगणनास्थलमा प्रवेश गरिसकेका छन् ।
भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् ।