मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बदलाको राजनीति सद्भावका लागि अभिशाप

आइतबार, १७ मङ्सिर २०७४, १२ : ४१
आइतबार, १७ मङ्सिर २०७४

–दुर्गाप्रसाद भण्डारी

    टीकापुर घटनाको दुई वर्ष बितिसकेको छ । जुन घटना अकल्पनीय थियो । त्यस घटनामा परी ७ सुरक्षाकर्मीको निर्मम हत्या भयो भने एक नाबालकको पनि सो घटनामा परी ज्यान गयो । उक्त घटनाको भोलिपल्ट थारु समुदायका केही मानिसहरूका घर टहरा जलाइए । त्यो कार्य पनि गलत नै थियो । एउटा घटनाको आवेगमा अर्को घटना हुन गयो आखिर ती दुवै घटना गलत ढङ्गबाट भए ।

वर्षौंदेखि कायम भएको सामाजिक सद्भावलाई बिथोल्न ती दुई घटनाले प्रयाप्त आधार भेटायो । मानवीय क्षति एकातिर भयो भने अर्कातिर भौतिक संरचनाको क्षति भयो । त्यति मात्र नभई त्यस घटनाको लगत्तै कप्mर्यू लाग्यो । मानिसहरूमा सङ्कटकालको सम्झना हुने गरी धरपकड सुरु भयो । आस्थाका आधारमा केही मानिसहरू पक्राऊ परे । घटनामा संलग्न नभएकाहरू समेत उक्त घटनाको निहुँमा समातिए । अहिले पनि उनीहरू कारागारमा कैदी जीवन बिताइरहेका छन् । 
    उक्त घटनाको सुरुवात टीकापुरमा साउनको अन्तिम साता भएको आन्दोलनकारीको शान्तिपूर्ण कार्यक्रममा मधेसवादीका रूपमा चर्चित भएका तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो (हाल राजपा अध्यक्ष मण्डलका एक सदस्य) र नेपाली काङ्ग्रेसका चर्चित नेता तथा केन्द्रीय सदस्य अमरेशकुमार सिंहका अभिव्यक्तिहरूले नै गरायो । शान्तिपूर्णरूपमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरूलाई उत्तेजित भाषण गरेर थप आक्रामक तुल्याएको अवस्थामा कसैले नचाहँदा नचाहँदै पनि उक्त घटना हुन गयो जसको दृश्य टीकापुरवासीमा सामुन्ने ताजै छ । 

टीकापुर घटनाका दोषीहरू त समयको क्रमसँगै छर्लङ्ग देखिने नै छन् । तर ती नेताहरूका अभिव्यक्तिले मलजल गरेको कारण नै उक्त घटना हुन गएको भन्ने तमाम विश्लेषकको भनाइ छ । त्यतिबेलाको यो घटना अकल्पनीय, निन्दनीय मात्र होइन दुर्भाग्यपूर्ण थियो । 

    चटकेहरूले आन्दोलनको कमाण्ड गर्न सक्दैनन् । हास्यव्यङ्गकारले पनि आन्दोलनको कमान्ड गर्न सक्दैनन् । त्यसका लागि नीति, योजना र लक्ष्य हुनुपर्छ । आन्दोलनको कमान्डरमा राजनीतिक चरित्र हुन जरुरी हुन्छ । राजनीतिक चरित्रका लागि प्रशिक्षण हुन जरुरी हुन्छ । नत्रभने त्यो आपैm अनियन्त्रित भई प्रत्युत्पादक हुन्छ । नियन्त्रण र राजनीतिक कमान्डबिना भएको टीकापुर घटनाको घटना भएलगत्तै केही नेताहरूले आपूmले गराएको जिम्मा लिँदै पत्रकार सम्मेलन गरे भने त्यही पत्रकार सम्मेलन उनीहरूलाई गलपासो भयो । जसकारण ती व्यक्तिहरू पनि आज कारागारको जीवन बिताउनुपरेको छ । यस घटनालाई सर्मथन गर्दै विशाल मासलाई उत्तेजित पारेपछि हुन गएको अकल्पनीय घटनापछि पनि नेपाली टेलिभिजनका साथै विभिन्न सञ्चारमाध्यमहरूमा तिखा र त्यो घटनाभन्दा पनि विषालु खालका अन्तरवार्ता दिने केही जनप्रतिनिधिले पनि तत्कालको फाइदा मात्र हेरे घटनाको श्रेय लिन खाजे तर त्यो श्रेय लिने कार्य प्रत्युत्पादक भएपछि उनीहरूले घुसपैठको संज्ञा दिएर आपूm पन्छिन पुगे । घटनामा मुछिने भयले उनीहरू लगत्तै सत्तासीन हुन पुगे । तर तीव्ररूपमा भएको धरपकडमा स्वयं उनीहरू नै आप्mना राजनीतिक विरोधीहरू सखाप पार्ने खेलमा लागे । 

    आज भैरहेको निवर्माचनको समेत अलिकति ख्याल नराखी चालेका उनीहरूका कदमले आज आपैmलाई अप्mठ्यारोमा पारेको छ । उक्त घटनाबाट अनेक खालका राजनीतिक लाभ लिनेहरूको होड नै चल्यो । तत्कालै घटना ठीक छ जनताले गरेको हो भन्नेहरू उक्त घटनाको विश्वव्यापी रूपमा विरोध हुन थालेपछि पन्छिँदै तिनै समाचारबाट घटनामा घुसपैठ भएको अभिव्यक्ति दिँदै आपूm पन्छिन थाले । कैलालीका अनेक क्षेत्रबाट अन्धाधुन्द धरपकड सुरु भयो । कतिपय घटनामा संलग्न नभएकाहरू समातिएर आजको कारागारको छिँडीमा छन् भने कतिपयले निर्वासित जीवन बिताइरहनुपरेको छ । घटनाको सत्यतथ्य छानविन हुनुको साटो समातिएका सबैजनालाई दोषी देखाउने कार्य भयो । जसमा तत्कालीन लोकतान्त्रिक फोरम र नेपाली काङ्ग्रेसका केही नेताहरूको संलग्नता रहेको कुरा निर्वासित जीवन बिताइरहेका रेशम चौधरी र कारागारमा रहेका लक्ष्मण चौधरीले समेत दाबी गर्दै आएका छन् । 

कैलालीको भजनी र थापापुरका केही निर्दोष व्यक्तिहरूलाई पनि पक्राऊ गरी कारागारमा हाल्नुले पनि चौधरीद्वयको आरोप सत्य छ भन्ने देखिन्छ । चौधरीद्वय पनि अस्थिर राजनीतिक चरित्रका भएकाले आन्दोलनको कमान्डिङ गर्न नसकेको त्यस घटनाले देखाएको छ । राजनीतिक संस्कारबिना राजनीति सफल नहुने भएकोले स्थिर भई राजनीतिक चरित्र सिक्न जरुरी देखिन्छ । सामुदायिक रङ्गबाट रङ्गिदै साधारण जनतालाई उक्त घटनाको स्मरण गराएर उत्तेजित पार्दै थप आन्दोलित बनाउनेभन्दा पनि राजनीतिक रूपले अगाडि बढ्नुपर्ने देखिन्छ ।
  

 उक्त घटनामा २०४८ देखि नै समाजमा रहेका हरेक समुदायका जनताका भोटले पटक–पटक निर्वाचित हुँदै आएका रनेताका अभिव्यक्तिले जनप्रतिनिधिको भूमिका नभई समाजमा द्वेषको राजनीति गर्ने नितान्त स्वार्थबाहेक केही देखिएन । एकातिर जनतालाई उचाल्ने र अर्कोतिर नहुनुपर्ने घटना भइसकेपछि त्यसको राजनीतिक समाधान खोज्नुको साटो आपैm पन्छिएर सत्ता केन्द्रित हुनुले टीकापुर घटनाको नामका आप्mनो स्वार्थ सिद्ध गर्नेबाहेक अरू केही गरेको देखिएन । लामो समयदेखि स्थानीय स्तरमा हैकमवाद चलाउँदै आएका कतिपय नेताहरूले आप्mनै क्षेत्रमा रहेका फरक पार्टीका स्थानीय नेतृत्वहरूलाई समेत राजनीतिक द्वेषका कारण जेल हाल्न लगाएको कारागरमा कैदी जीवन बिताउँदै आएका परिवारहरूले आरोप लगाउँदै आएका छन् । उक्त घटनामा कैदी जीवन बिताउनेहरू माओवादी, थरुहट र फोरम समर्थक रहेकाले पनि परिवारको आरोप सही भएको देखिन्छ । थापापुर, भजनी र जोशीपुरका स्थानीयहरूले पनि अनाहकमा काठमाडौँमा बसी राजनीतिक पकड बनाएकाहरूले नै त्यस क्षेत्रका निर्दोष मानिसहरूलाई समेत घटनाको मौका छोपी पक्राऊ गर्न लगाएको बताइरहेका छन् । राजनीतक रिसइबी साँध्न पनि उक्त घटनासँग जोडेर आपूmभन्दा फरकमत राख्नेहरूलाई कारागार हालिएको र मुद्दा चलाइएको उनीहरूको भनाइ छ ।

स्थानीय तहको निर्वाचनको समयमा थापापुरमा कारागरमा कैदी जीवन बिताइरहेका परिवारका सदस्यहरूले केही नेताहरूको कठालो समात्न पुगेका परिघटनाले पनि नेतथाहरूको दोहोरो चरित्रलाई सार्वजनिक गरेको छ । राजनीतिक एजेन्डाहरू केही नभएपछि उत्तरी र दक्षिणी धु्रवमा रहेकाहरूले कसरी सामाजिक सद्भावलाई बिथोलेर आप्mनो स्वार्थसिद्ध गर्न कसरी फिल्मी शैलीमा अराजनीतक चरित्र देखाए त्यो यस क्षेत्रका जनताले बुभ्mन जरुरी छ । 
 

   यतिबेला हाम्रोसामु प्रदेश तथा प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचन आइरहेको छ । घटनाको समयमा फाइदा लिएर आप्mनो राजनीति सफल बनाउने एउटा समूह क्रियाशील रह्यो भने यतिबेला त्यही घटनाको नाममा राजनीतिक फाइदा लिने अर्को समूह क्रियाशील रहेको छ । घटना लगत्रै बिथोलिएको सामाजिक सद्भाव कायम हुँदै गइरहेका बेला कुनै राजनीतिक एजेन्डा नभएकाहरू सो घटनाको विषयलाई लिएर विभिन्न स्थानमा सामाजिक सद्भाव बिथोल्ने र सामान्य जनतालाई भड्काउने खालका अभिव्यक्तिको प्रसारण गरेर आप्mनो राजनीतिक फाइदा लिने दाउमा क्रियाशील भइरहेका छन् । राजनीतिमा अराजनीतिक चरित्र प्रदर्शन गरेर समुदायको वाहवाही लिएर आप्mनो अल्पबुद्धिले केही दिन राजनीतिक लाभ लिनेहरूले समाजलाई भाँडेर फाइदा लिन खोज्दैछन् भने उनीहरू समाजमा नेतृत्व गर्न होइन विष घोल्न चाहिरहेका छन् भन्ने आम जनताले बुभ्mन जरुरी छ । टीकापुर घटनाको विषयलाई राष्ट्रिय राजनीतमा प्रभाव भएका राजनीतिक नेतृत्व बसेर एउटा विन्दुमा पुग्न सकिएला तर सामाजिक सद्भाव बिथोलेर अल्पराजनीतिक यात्रा गर्नेहरूले कुनै टुङ्गोमा पुगाउन सक्ने छैनन् भन्ने कुरा सबैले जान्न जरुरी छ । 

    अर्को पाटो राजनीतिक हलबाट नभई दोषी पत्ता लगाउने विषयतिर अघि बढेमा त्यतिबेला आन्दोलन चर्काउन खोज्ने नेताहरूको मोबाइल वा टेलिफोन कलको अनुसन्धानबाट पनि अगाडि बढ्न सकिएला तर त्यसो गर्दा लहरो तान्दा पहरो आउने सम्भावना पनि बढ्न सक्छ । त्यस घटनाबाट पीडित बनेकाहरू धेरै छन् । कोही आफन्त गुमाएर पीडित छन् भने कोही आफन्त बिनाकारण कारागारमा रहेर घरबार नै भताभुङ्ग भएर पीडित छन् । कोही बिनाकारण निर्वासित जीवन बिताएर पीडित छन् भने समाज ती सबैका वेदनाका साथै सामाजिक सद्भाव बिग्रेको अवस्था र आगामी दिनमा बिग्रन सक्ने आशङ्काले पीडित छन् । टीकापुर घटनाका आगलागीका पीडितहरूलाई न्यायोचित ढङ्गले क्षतिपूर्ति नपाएको पीडाले ‘जसको हातमा डाडु पन्यु उसैले ताउलीको भात रित्याए’ भन्ने निम्न वर्गका पीडितहरूको आवाज छ । त्यसैले अब यी सबै पीडाको समाधान गर्नका लागि एक्लोदुक्लोले केही हुनेवाला छैन । प्रमुख राजनीतिक दलहरू बसेर निर्णय लिन जरुरी छ । अब बन्ने बहुमतीय सरकारले यसको विषयमा कुनै ठोस निर्णय लिन जरुरी छ ।
  

 त्यसैले निर्वाचनको समयमा यहाँका जनताले यस घटनाको टुङ्गो लगाउन सक्ने राजनीतिक दलहरूलाई विजयी गराउन जरुरी छ । ‘आपैm बोक्सी आपैm धामी’झैँ दोहोरो चरित्र भएका नेताहरू र राजनीतिक गन्तव्य नभएका दलहरू र तिनका प्रतिनिधि पात्रलाई चुनेर समाजलाई अझ बर्बाद पार्नबाट जोगाउन जरुरी छ । कसैको उक्साहटमा लागेर गैरराजनीतिक व्यक्तिलाई, त्यही घटनाको आडमा आप्mनो राजनीतिक दुनो सोभ्mयाउनेलाई चुनेर अर्को घटना गराउने प्रयत्नबाट यो समाजलाई जोगाउनुपर्ने यस क्षेत्रका जनताको यस जिल्लाका जनताको प्रमुख दायित्व पनि हो । एउटा घटनाबाट पाठ सिक्न बसैले जरुरी छ ।

गैरराजनीतिक चरित्र भएका व्यक्तिहरू हुन वा दलहरू हुन् त्यस्तालाई कुनै सहानूभूति देखाउन जरुरी छैन । जनता न्यायका मूर्ति भएकाले समाजलाई अघि बढाउने वा अझै पछि धकेल्ने त्यो जनताकै हातको कुरा हो । अब कसैको हत्या नहोस्, कसैका घर नजलुन्, अनाहकमा कसैले जेल जानुपर्ने अवस्था नआओस् । यतिबेलाको न्यायमूर्ति जनता नै हुन् । यस निर्वाचनमा समाज भाँड्ने र मानिस बाँड्ने मनोवृत्ति भएकाहरूलाई पराजित गर्न जरुरी छ । तब मात्र आगामी दिनमा समाजमा पूर्णरूपमा सद्भाव कायम हुनेछ, जनताले कुनै नेतालाई दोष दिने ठाउँ रहने छैन ।

बदलाको भावना बोकर जानेहरूबाट जनताले सकारात्मक अपेक्षा गर्न नसक्ने भएकाले पनि यस निर्वाचनमा समदृष्टि र समभाव राख्नेहरूलाई विजयी गर्न जरुरी छ । किनकि बदलाको भावले गरिने राजनीति सामाजिक सद्भावका लागि अभिशाप बन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप