सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कुन कलाकारले कहाँबाट हाल्दै छन् भोट ?

आइतबार, १७ मङ्सिर २०७४, १४ : ०५
आइतबार, १७ मङ्सिर २०७४

काठमाडौँ– प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन २१ मङ्सिरमा हँुदैछ । उम्मेदवार बनेका राजनीतिक दलका नेता, कार्यकर्तादेखि राजनीतिक पार्टी नजिक रहेका कलाकाहरू आफ्नो नजिकका उम्मेदवारलाई जिताउन लागिपरेका छन् । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचनमा कलाकारले पनि मतदाताका रुपमा सहभागी हुँदैछन् । जान्नुहोस् कुन कलाकारले कहाँबाट हाल्दै छन् भोट । 

 हाँस्य कलाकार हरिवंश आचार्य : भक्तपुरको क्षेत्र नम्बर २ बालकोटबाट 

अभिनेत्री करिष्मा मानन्धर : काठमाडौँ क्षेत्र नम्बर ५ महाराजगञ्जबाट

अभिनेत्री केकी अधिकारी : काठमाडाँै क्षेत्र नम्बर ३ ज्ञानेश्वरबाट 

गायिका कोमल वली : दाङको क्षेत्र नम्बर ३ स्थित तुल्सीपुर नगरपालिकाको वडा नं ८ को कुष्ण मन्दिर बुथबाट

निर्माता, वितरक र प्रदर्शक प्रदीपकुमार उदय : रूपन्देहीको क्षेत्र नम्बर २ बुटवलबाट । प्रदीप राप्रपा प्रजातान्त्रीका तर्फबाट प्रदेश नम्बर ५ को प्रदेश सदस्यका उम्मेदवार पनि हुन् ।

अभिनेत्री स्वेता खड्का : काठमाडौँ क्षेत्र नम्बर ६ को बालाजुबाट 

अभिनेत्री संचिता लुइटेल : काठमाडौँ क्षेत्र नम्बर २ को बत्तिसपुतलीबाट 

निर्देशक, निर्माता तथा कलाकार दिनेश डिसी  ः काठमाडौँ क्षेत्र नम्बर ५ को धापासीबाट 

हाँस्यकलाकार जीतु नेपाल : काठमाडौँको क्षेत्र नम्बर २ मा पर्ने काठमाडौँ महानगरपालिकाको ३२ वडा वानेश्वरबाट  

अभिनेत्री वर्षा राउत : महोतरीको क्षेत्र नम्बर १ बर्दिबास बुथबाट  

गायिका साहिमा श्रेष्ठ : बुटवलबाट भोट हाल्दै छिन् । क्षेत्र नम्बर आफूलाई थाहा नभएको बताइन् ।

अभिनेता आर्यन सिग्देल : काठमाडौँ क्षेत्र नम्बर १० को चन्दागिरीबाट

हाँस्यकलाकार निर्मल शर्मा ‘गँैडा’ : काठमाडौँ क्षेत्र नम्बर ४ चाबहिलबाट 

हाँस्यकलाकार शिवशंकर रिजाल : सर्लाहीको क्षेत्र नम्बर ४ बरथवाबाट

निर्देशक मदन घिमिरे : भक्तपुरको क्षेत्र नम्बर २ सूर्यविनायकबाट 

अभिनेत्री सारिका घिमिरे : ललितपुरबाट मतदान गर्दैछिन् । क्षेत्रनम्बर आफूलाई थाहा नभएको बताइन् ।

अभिनेता आर्यन सिग्देल : काठमाडौँ क्षेत्र नम्बर १० को चन्दागिरीबाट

निर्देशक दिनेश राउत : काठमाडौँ क्षेत्र नम्बर १० को चन्दागिरीबाट 

अभिनेता करण क्रेजी : सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट  

हाँस्य कलाकार तथा निर्माता दीपकराज गिरी : काठमाडौँ क्षेत्र नम्बर १० चन्द्रागिरीबाट

निर्देशक तथा कलाकार मोहन निरौला : काठमाडौँ क्षेत्र नम्बर १ बबरमहलबाट 

हाँस्यकलाकार किरण केसी : लतिपुरको क्षेत्र नम्बर १ को महादेव स्थानबाट

निर्देशक ऋषि लामिछाने : काठमाडौँ क्षेत्र नम्बर ४ को चाबहिलबाट

अभिनेत्री सरिता लामिछाने : काठमाडौँ क्षेत्र नम्बर ४ को चाबहिलबाट

हाँस्य कलाकार किशोर भण्डारी ‘डिठ्ठा साँप’ : काठमाडौँको क्षेत्र ६ काभ्रेस्थलीबाट

गायिका दुर्गा खरेल : झापाको क्षेत्र नम्बर १ बाट 

अभिनेता तथा निर्माता : कुसल थापा कस्कीबाट क्षेत्र नम्बर थाहा नभएको बताए । 

अभिनेता राज घिमिरे : ललितपुर क्षेत्र नम्बर १ को गोदावरीबाट मतदान गर्दैछन् । उनी माओवादी केन्द्रको यो क्षेत्रका समानुपातिक उम्मेदवार पनि हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप