मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अव कञ्चनपुर सबैभन्दा ठुलो त्रिद्देश्यीय नाका !

सोमबार, १८ मङ्सिर २०७४, १० : ११
सोमबार, १८ मङ्सिर २०७४

रमेश लेखक 

प्रचार प्रसार 
मेरो प्रचार प्रसार राम्रै भएको छ । यो निर्वाचनको क्षेत्र बढेको छ । हरेक मतदाताको घरदैलोमा पुग्न पाए राम्रो हुन्थ्यो, तर म हरेक टोल, बस्ती, वडामा पुगिसकेको छु । तथापी पनि मैले आम संचार एव समाजिक संञ्जाल मार्फत मतदातासंग भोट मागिरहेको छु । हेर्नुहोस, जति समय भएपनि अपुग हुँदो रहेछ् । सबै सार्थीभाई एव पार्टीका नेता कार्यकर्ताको साथले मेरो चुनाव प्रचार प्रसार अत्यन्त राम्रो रह्यो । 
मतदाताको रोझान 
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३मा मतदाता अत्यन्तै चेतनशिल बुझ्ने नागरिक छन् । काँग्रेसका पक्षमा जनलहर उत्पन्न भएको छ । जनता काँग्रेसलाई भोट हाल्न अत्यन्तै आतुर छन् । मैले यस निर्वाचन क्षेत्रका मतदाताको रोजाई काँग्रेस नै भएको पाए । जनता कहिले भोट हाल्ने दिन आउँदा भनेर पर्खिरहेका छन् । जनताले काँग्रेसलाई भोट हाल्छन् । 
जित्ने आधार 
मेरो चुनाव जित्ने आधार थुप्रै छन् । जनता काँग्रेस र काँग्रेस जनता विचको कडी राम्रो छ । यो देशको हरेक राष्ट्रिय एजेण्डा काँग्रेसकै नेतृत्वमा पुरा भएका छन् । 
राष्ट्रिय मुख्य मुख्य एजेण्डा सम्बोधन गर्ने काँग्रेस पार्टी नै हो । काँग्रेसले नेतृत्व नलिदा राष्ट्रिय एजेण्डा सम्बोधन हुन नसकेको जनताले मनन् गरेका छन् ।  देशमा शान्ति संविधान ल्याउन काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । विगतमा एकातिर माओवादीले जनयुद्धमा हतियार उठायो, अर्कातिर सेनाले हतियार उठायो । 
दुवैका बन्दुकले जनता मारे । काँग्रेसले दुवै बन्दुकको विचमा गएर उभियो । यो हिक्मत काँग्रेस बाहेक अरु पार्टीले गरेन् । जुन बेला काँग्रेस सभापति स्वः गिरिजाप्रशाद कोईराला नेतृत्वमा शान्ति गर्दै थिए । एमाले हेर्दै थियो । अन्तरिक र संविधान बनाउने कुरा काँग्रेस नेतृत्वमै भयो । कम्युनिष्ट पार्टी संविधान सभामा ठुला भएर पनि केही गरेनन् । त्यसै कारण पहिलो संविधान सभा असफल भयो । कम्युनिष्टले संविधान सभा असफल बनाए । आफु पनि असफल भए । दोस्रो संविधान सभामा काँग्रेस ठुलो पार्टी बन्यो । संविधान पनि बनायो । यसले जनतामा विश्वास जगाएको छ । अर्का कुरा विकास निर्माणको हो । काँग्रेसले जे जे विकास गर्न सकेको छ, त्यो अरु पार्टीले गर्न सकेका छैनन् ।  
चुनावी एजेण्डा 
अबको मेरो मुख्य एजेण्डा भनेको राजनीति विकास र विकास सम्बृद्धिका लागि नै हो । मैले यस क्षेत्रको बेरोजगारी, गरिबीबाट मुक्त गर्ने एउटै उपाया कञ्चनपुरलाई व्यवसायिक नाका बनाउने हो । 
कञ्चनपुरलाई नेपाल, भारत र चीनसंग जोडेर त्रिद्देशीय नाका बनाउने मेरो मुख्य एजेण्डा हो ।  कञ्चनपुरलाई सजिलै भारतको राजधानी दिल्ली र उत्तरतिर महाकाली कोरिडोर हुँदै चीनको तिङकरसंग जोडेर यस क्षेत्रको आर्थिक विकासमा फड्को मार्ने र यहाँको गरिबी, अभाव र बेरोजगारी अन्त्य गरि आर्थिक सम्बृद्धि मेरो मुख्य योजना छ । प्रकृया अघि बढिसकेको छ । पुर्वाधार समेत बनिरहेका छन् । चार लेनको पुल त्यसलाई पुर्णता दिन सुक्का बन्दरगाह बनाएर नेपाल भातर पारवाहन र संगसंगै ब्रम्हेदब देखि तिङकर जोड्ने त्रिद्देश्यी नाका बनाउने हो । 
५ बर्षभित्रै कञ्चनपुरलाई त्रिद्देशीय नाकाको रुपमा विकसित गराएर देशकै ठुलो नाकाको रुपमा स्थापित गछौँ । आफ्नै पालामा महाकालीमा चार लेनपक्की पुल निर्माण हुँदै छ । विकासको कुरा गर्दा मलाई एउटा कुरा भन्न मन लाग्छ । एमालेले मलाई लेखकले १५÷१८ बर्षमा के ग¥यौँ ? भन्छन् । मलाई यो कुरमा खुसी लागेको छ । यस क्षेत्रमा भएका विकासका काममा मैले गरेको भनेर एमालेका नेता चुनाव लड्दैछन् । यदी विकास नभएको भएमा कसले विकास ग¥यो । रमेश लेखकले के ग¥यो ? भन्दा विकास नभएको एजेण्डा छैन् । महाकालीमा झोलुङ्गे पुल कसले बनायो । कहिले बनायो देखाउनुप¥यो । महाकाली जोगबुढा, कमिकाटे खोलामा पुगेका बजेट काँग्रेसले ल्याएको हो । मैले गरेको विकासका कामलाई एमालेले मैले गरेको हुँ भनेर चुनाव लड्दैछन् । विकास नै नभएको हो त ? महाकालीमा बनेको झोलुङ्गे पुल मैले नै बनाएको हुँ । 
चुनावका दौरानमा विकासमा मुद्दा उठेका छन् । मेरो सबैभन्दा महत्वपुर्ण योजना विकास हो । सुदूरपश्चिम विश्वविद्यालयको ऐन र सुप विश्वविद्यालयलाई मेरै पहलमा कञ्चनपुरमा स्थापना गरे । लडाई गरेर यो विश्वविद्यालय मैले नै यहाँ ल्याएको हुँ, अहिले सुप विश्वविद्यालयका १५ आँगिक क्याम्पस बनाउने छलफल गरेर निर्णय गराएको छु । यस्तै मेरो एजेण्डा महाकाली तेस्रो चरण हो । विकास र लोकतन्त्र रक्षाका लागि पनि आफुलाई जनताले भोट दिने मैले आशा लिएको छु । 
जनताको अपेक्षा 
हामीले जनताको अपेक्षा थुप्रै पाएका छौँ । जस्तै विकास, रोजगारी नै हो । जुन बस्तीमा गएपनि विकासै कुरा उठ्ने गरेको छ । जनताले विकास गर्ने काँग्रेस नै हो भनेर भन्दैछन् । जति पनि विकास भएको छ, त्यो काँग्रेसले गरेको जनतामा विश्वास छ । 
भोलीका दिनमा पनि विकासका लागि जनताले काँग्रेस रोजेका छन् । हाम्रो ईमान्दारिता लगनशिल र यस क्षेत्रको विकासका लागि निर्वाह गरेको भूमिका प्रति जनताले राम्रो टिप्पणी गरेका छन् । आफु मन्त्री हुँदा ३० बर्षकै बढि बजेट ल्याएर विकास गरेको छु । कुन पार्टीले यत्रो बजेट यहाँ ल्याएको छ । एकै बर्षमा ४२ पुल बनिरहेका छन् । म मन्त्री हुँदा पहिले एमाले अध्यक्ष केपी प्रधानमन्त्री थिए । उनले भीमदत्तक सडक कालोपत्रेका लागि ४ लाख २० हजार दिए । मैले ३० करोड ल्याएर भीमदत्तका सबै सडक कालोपत्रे गदैछु । यहाँको विकास केपी ओलीले गर्छकी मैले त्यो तपाई आफै बुझ्नुहोस ।  पक्की पुल निर्माण, नदी नियन्त्रण, सिँचाई सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, आर्य घाट निर्माण, पर्यटकिय क्षेत्रको विकास गर्ने, सुकुमबासीलाई जग्गाधनी बनाउने मतदाताले हामीबाट अपेक्षा लिएका छन् । चुनावका दौरानमा जनताको घरदैलोमा पुग्दा जनता हामीप्रति आशावादी देखिएका छन् । जनताले हामीहरुसंग आफ्ना स्थानीय समस्या राखिरहेका छन् । जनताले अझैपनि सडक, विद्युत, खानेपानी, ढल निकास, खानेपानी, नदी नियन्त्रण, रोजगारीका विषय हाम्रा सामु राखिरहेका छन् । मैले सबै समस्या बुझ्दै समाधान गर्छु । 
महाकालीको पुलको विषयमा 
महाकालीको पुलको ठेक्का नहुँदा सम्म एमालेले काँग्रेसले झुट्टा बोलिरहेको छ, भन्दै हाम्रा बिरुद्धमा अफवाह फैलाए । जब पुल ठेक्का भएर सम्झौता हुँदा बन्नथाले अब पुल बन्न नदिन षड्यन्त्र भईरहेको छ । 
महाकालीमा पुल बन्न नदिने प्रायोजित षड्यन्त्र हो । पुल बनेपछि काँग्रेसले जस लिने भन्दै एमालेले षड्यन्त्र गरिरहेको छ । ठेकेदारले काम गर्दा डिजायन परिर्वतनका कुरा आए । त्यो सरासर पुल बन्न नदिने खेल हो । 
दोधाराचाँदनीका लागि शारदा नरहको कहाँबाट रेगुलेट दिने भन्ने कुरा छलफलमा छ । सिँचाईका लागि ६ अर्ब बजेट चाहिन्छ, दुवै विषय टुङग्याउदैछौँ । केपी ओलीले चार लेनको पुल बनाएको भन्ने भ्रम कुरा हुन् । यो पुल सिलान्यास हुँदा एमाले भित्रभित्रै षड्यन्त्र गर्दैथियो । अब बन्नथालेपछि खुलेरै लागेको छ । महाकालीमा पुल बन्नुपर्छ । 
मतदान टे«ण्ड 
मुख्यतया राजनीतिकका लागि भोट हो । कञ्चनपुरको यो क्षेत्र लोकतन्त्र र काँग्रेसका पक्षमा छ । स्थानीयमा काँग्रेसले टिकट ढिला दिदा समस्या भयो । हामीले यस पटक टिकट चाँडै टुङगो लगाएर चुनावी मैदानमा उत्रेका छौँ । हाम्रो पक्षमा मतदान हुने टे«न्ड पाएका छौँ । 
अन्तमा मतदातालाई 
म आदरणीय दाजुभाई तथा दिदिबहिनीहरुलाई शान्ति संविधान र विकासका निर्माणका लागि म र काँग्रेसलाई भोट दिन अनुरोध गर्दछु । यो देशलाई औद्योगिक एजेण्डा हो । त्यो एजेण्डा पुरा गर्ने म तत्तपर छु । यस क्षेत्रको विकास र सम्बृद्धिका लागि म तयार छु । तसर्थ मलाई अमुल्य मतदिन अनुरोध गर्दछु । 
लेखक कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप