तीन मुक्तक
शनिबार, ०७ जेठ २०७९, १० : २४
मुक्तक १
बाहिर मुस्कान मुटुमा पीर राखिएको छ
तातो बालुवामाथि तकदिर राखिएको छ
परदेशी जिन्दगीको उसले रामकहानी सुनायो
सर्लक्क काँडामाथि शरीर राखिएको छ
मुक्तक २
अनेक उपाय गर्न थाल्छन् कति सजिलै
मान्छे आफ्नो स्वार्थ निकाल्छन् कति सजिलै
काम पर्दा हजुर, तपाईं अघि पछि हुन्छ
सकिय नचिने झै गरी हाल्छन् कति सजिलै
मुक्तक ३
बोल्दै नबोल छुरा प्रहार त्यही हुन्छ
बोलिदेउ खुशीको संसार त्यही हुन्छ
तिमी मुस्कुराइदेऊ सामुन्नेमा गएर
बिरामी प्रेमीको उपचार त्यही हुन्छ
ठाकुरबाबा नगर पालिका– ६, बर्दिया