टुँडिखेलमा साकेलाको रौनक, तस्बिरमा हेर्नुहोेस्
शनिबार, ०७ जेठ २०७९, १७ : ३०
कोरोना महामारी पछि पहिलो पटक किराँत धर्मावलम्बीले साकेला मनाएका छन्। महामारीका कारण २ वर्ष सम्म मनाउन नपाएका किराँत राईहरू टुँडिखेलमा भेला भएर साकेला प्रस्तुत गरेका हुन्। सयौँको सङ्ख्यामा आएका मानिसहरूले पूजा गरेर र नाचेर यो पर्व मनाएका छन्। साकेलाको अवसरमा पितृको सम्झना गर्दै अन्नबाली सप्रियोस् तथा प्राकृतिक प्रकोप नआओस् भनी कामना गर्ने गरिन्छ ।