राष्ट्रपति संसद भवन जाँदा बानेश्वरमा जे देखियो (तस्बिरमा हेर्नुस्)
मङ्गलबार, १० जेठ २०७९, १६ : २२
राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पुगेकी छन् । संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारी संसद भवन पुग्दा सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायतले स्वागत गरेका थिए । त्यस्तै राष्ट्रपतिको सम्मानमा सेनको टुकडीले सलामी अपर्ण गरेको थियो । राष्ट्रपति भण्डारी बानेश्वर जाने क्रममा पुतलीसडक, माइतीघर, बबरमहल क्षेत्रमा सार्वजनिक सवारी साधन रोकिएको थियो । उनी संघीय संसदमा जाने क्रममा बानेश्वर क्षेत्रमा देखिएको राष्ट्रपतिको सवारीका तस्बिरहरु-