कोरोनाविरुद्धको खोप ५ देखि ११ वर्षका बालबालिकालाई पनि दिइने
मङ्गलबार, १० जेठ २०७९, १८ : ०७
सरकारले ५ देखि ११ वर्ष उमेरसम्मका बालबालिकालाई पनि कोरोनाभाइरस कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ ।
सरकारले प्राथमिकता दिने आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई खोप लगाइने घोषणा गरेकी हुन् ।