रेनुको जितमा खुसीयाली, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, १० जेठ २०७९, २० : १९
भरतपुर महानगरपालिकामा मेयर पदमा रेनु दाहाल विजयी भएसँगै भरतपुरमा विजयसभा गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बिहान रेनु विजयी भएको औपचारिक घोषणा गरेको थियो ।
यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । दुबै उम्मेदवार विजयी भएको तथा गठबन्धन सफल भएको खुसीयालीमा गठबन्धनले साँझ विजयसभा गरेको हो । भरतपुर गेस्ट हाउस चौरमा आयोजित विजय सभामा गठबन्धनका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।