सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चैते धानमा दाना नलाग्दा ठोरीका किसान चिन्तित

बिहीबार, १२ जेठ २०७९, १४ : २२
बिहीबार, १२ जेठ २०७९

बारामा चैते धानमा दाना नलाग्दा किसानहरू चिन्तामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत चैते धानमा दाना नलाग्दा किसानहरू चिन्तामा परेका हुन् । 

५० प्रतिशत अनुदानमा बीउ सुविधा र अन्य यान्त्रीकरणको सुविधा प्राप्त गरेर धानखेती गरेका ठोरी गाउँपालिका– ३ का अधिकांश किसानको खेतको धानमा बाला पसाए पनि दाना लागेको छैन । धान जोनअन्तर्गत करिब ११० बिघा र अन्य किसानले व्यक्तिगतरूपमा रोपेको धानमा बाला लागे पनि दाना नलागेर त्यसै सुक्न थालेपछि किसान चिन्तित भएका छन् । 

धान जोन कार्यक्रममार्फत ५० प्रतिशत अनुदानमा उपलब्ध भएको हर्दिनाथ–१ प्रजातिको धान लगाएका किसानको खेतमा नै बाला सुक्न थालेपछि लगानी र मेहनत दुवै खेर जान लागेको ठोरी–३ का नवनिर्वाचित अध्यक्ष शम्भु खड्काले बताए । ठोरी–३ मा सिँचाइको उपलब्धता र धानखेती धेरै हुने भएकोले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत धान जोन कार्यक्रम लागू गरिएको छ । 

यस्तै, धान जोनमा सहभागी नभएका अन्य किसानहरूले समेत धानखेती गर्ने गरेका छन् । ठोरी–३ मा मात्र यस वर्ष करीब तीन सय बिघाभन्दा धेरै क्षेत्रफलमा लगाइएको चैते धानमा दाना नलागेको स्थानीय अगुवा ठाकुरप्रसाद न्यौपानेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप