मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कविता : यस्तो पो समय

शनिबार, १४ जेठ २०७९, ०९ : १९
शनिबार, १४ जेठ २०७९

टिकटिक गर्दै समय बुझाउने
घडीमात्र हैन समय
आएर जानेमात्र हैन समय
यो अवसर हो
अभिलेख हो
समय गति हो

समय गतिवान छ
न यो तिमीले भनेर रोकिन्छ
न यो मैले भनेर नै रोकिन्छ
आऊन् हजार सुख र दुःख
यो निरन्तर हिँडिरहन्छ

समयको गतिलाई समाउन सक्नेहरुले नै
प्रगतिको फेर समाउँछन्
समयको महत्वलाई बुझ्छन्
बितेको समय फेरि फर्किन्न नै
बेलैमा समयलाई चिन्नेहरु नै
शिखरतिर लम्किन्छन्

कसैको घमण्डले
कसैको ईश्र्याले नि छुन्न यसलाई
समय सँगसँगै कोही हिँड्न नसक्नु
समयको कमजोरी कहाँ हो र ?
अन्तरमनलाई छामेर हेरे
मनमार्फत्
समयले आफै भन्नेछ ।

त्यसैले जिम्मेवारीप्रति
घात नगर
स्वाभिमान लिलाम नगर
समय इतिहास बनेर लिपिबद्ध हुनेछ
समयले नै
असल खराबको हिसाब गर्नेछ
मूल्याङ्कन गर्नेछ ।
          एकताबस्ती, काठमाडौं 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप