गजल : मुटु साट्न पाए हुन्थ्यो
शनिबार, १४ जेठ २०७९, ११ : ३७
तिम्रो मुटु मेरो मुटु साट्न पाए हुन्थ्यो
नचुँडिने माया डोरी बाट्न पाए हुन्थ्यो ।
जिन्दगीका उकाली र ओरालीका यात्रा
सुख दुःख सँगसँगै काट्न पाए हुन्थ्यो ।
समाजका तगारा छन्, ताराभन्दा धेरै
छानी छानी मिलाएर छाँट्न पाए हुन्थ्यो ।
तिमी भए वनकुसुम भँवरालाई होइन
मौरी बनी यौवनपुष्प चाट्न पाए हुन्थ्यो ।
तिम्रो मेरो मायाप्रीति जुनी जुनीसम्म
धर्तीसँग एकैचोटि फाट्न पाए हुन्थ्यो ।
गुल्मी