सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निजी जग्गामा रोपिएको काठ कृषि वाली सरह ओसारपसार गर्न दिइने

आइतबार, १५ जेठ २०७९, १७ : ०९
आइतबार, १५ जेठ २०७९

सरकारले निजी जग्गामा रोपिएको रुखका काठ कृषि वाली सरह ओसारपसार गर्ने कानुनी व्यवस्था गरिने छ । विदेशी काठ आयात प्रतिस्थापन गर्न सहयोग पुग्नेगरी निजी जग्गामा रोपिएका काठको ओसारपसार गर्न कानुनी रुपमा सहज बनाइने भएको हो।

आगामी आर्थिक वर्ष २०७९/०८० वर्ष बजेट पेश गर्दै अर्थ मन्त्री शर्माले निजी वनलाई प्रवद्र्धन र विकास गर्न प्रदेश सरकारको सहयोगमा १ करोड विरुवा वितरण गरिने भएको छ । यस्तै जनताको रहर र हरित सहर भन्ने उदेश्यले १० हजार बहुवर्षीय विरुवा रोपिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप