आकाशबाट हिमालसँग नजर जुधाउँदा (फोटोफिचर)
बुधबार, २० मङ्सिर २०७४, १२ : ४६
काठमाडौँ । बाँकेको नेपालगञ्जदेखि काठमाडौँसम्म बुद्ध एयरको एक घण्टाको हवाईयात्रामा उत्तरतर्फ रहेका विभिन्न हिमश्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ ।
मौसम सफा भएका बेला बाँकेदेखि काठमाडौँसम्म धौलागिरी हिमश्रृङ्खला, पुनहिल, अन्नपूर्ण हिमश्रृङ्खला, मनास्लु हिमश्रृङ्खलाका साथै रसुवाको लाङटाङ् हिमश्रृङ्खलासम्मको समेत टाढाबाट भएपनि अवलोकन गर्न सकिन्छ ।
बुद्ध एयर नेपालको सुरक्षित र भरपर्दो एयरलाइन्स मानिन्छ । बुद्ध एयरले भद्रपुर, विराटनगर, जनकपुर, पोखरा, नेपालगन्ज, धनगढीलगायतका देशका ११ स्थानमा उडान भर्दै आएको छ ।
यहाँ झण्डै १० हजार फिटमाथिबाट देखिएका हिमश्रृङ्खलाका दृश्यहरु प्रस्तुत गरिएको छ ।