मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कबड्डी–४’ की नायिकाविरुद्ध किन भयो प्रदर्शन ? (तस्बिरहरु)

मङ्गलबार, १७ जेठ २०७९, ११ : २८
मङ्गलबार, १७ जेठ २०७९

‘कबड्डी–४’ की नायिका मिरुना मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको छ । ‘कबड्डी–४’ फिल्म हेर्न गएका फुर्वा लामालाई नायिका मगरको मौखिक उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका लामाको रिहाइ तथा नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । नायिका मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै लामाविरुद्ध प्रहरीलाई मौखिक उजुरी गरेपछि प्रहरीले लामालाई पक्राउ गरेको थियो ।
प्रदर्शनकारीले नायिका मगर अभिनित चलचित्र ‘कबड्डी ४’को प्रदर्शन रोक्न पनि माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप