मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमा निःशुल्क गर्न तामाङको माग

मङ्गलबार, १७ जेठ २०७९, १४ : ४५
मङ्गलबार, १७ जेठ २०७९

नेकपा एमालेका नेता शेरबहादुर तामाङले स्वास्थ्य बीमा पूर्ण निःशुल्क गर्न माग गरेका छन् । उनले बजेटपछिको छलफलमा बोल्दै स्वास्थ्य बीमा निःशुल्क गरिदिन माग गरेका हुन् ।

उनले मृगौला प्रत्यारोपण निःशुल्क गर्ने योजनाको तारिफ गर्दै १० करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरिएकोमा प्रश्न गरे । ‘मृगौला प्रत्यारोपण गर्न १० करोड बजेट छुट्याइएको छ,’ तामाङले भने, ‘त्यो बजेटले कति जनाको मृगौला प्रत्यारोपण गर्ने ५/१० जनाको हो ?’

यस्तै, बजेटमा स्वास्थय बीमामा ‘कम्पनी’ शब्द उल्ले गरिएको विषयमा समेत आशंका जनाए । उनले कम्पनी शब्द राखिँदा स्वास्थ्य बीमाको जिम्मेवारी निजी क्षेत्रलाई दिन लागिएको हो भनेर प्रश्न गरे । यदी त्यस्तो भएमा नेपालको स्वास्थ्य बीमा थप महँगो बन्ने तामाङको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप