सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नाट्टा र फिलिपिन्स राजदूतावासबीच पर्यटन प्रवद्र्धन गर्ने समझदारी

मङ्गलबार, १७ जेठ २०७९, २१ : १८
मङ्गलबार, १७ जेठ २०७९

नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) र गणतन्त्र फिलिपिन्सको राजदूतावासबीच पर्यटन प्रवद्र्धन गर्ने विषयमा समझदारी भएको छ ।

नाट्टाले अन्तर्राष्ट्रिय पर्वत पर्यटन दिवसका अवसर पारेर दुवै पक्ष एकापसमा पर्यटन प्रवद्र्धन तथा विकास, व्यावसायिक सद्भाव र पर्यटनको अभिवृद्धिलगायतका विविध सहयोगको क्षेत्रमा मिलेर काम गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नाट्टाका अध्यक्ष रमेश थापा र नेपालका लागि फिलिपिन्सका राजदूत रामोन एस बागटसिंह जुनियर ले हस्ताक्षर गरेका हुन् ।

यस्तै नाट्टा र चीनको इन्टरनेशनल टुरिजम अलायन्सको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय पर्वत पर्यटन दिवसका अवसर पारेर जेठ १५ गते साँखुदेखि नगरकोटसम्म पदयात्रासमेत गरेको छ । पदयात्रामा शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापित, चीनका लागि नेपाली प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी तथा नेपाल र चीनका पर्यटन व्यवसायीको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप