सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल उद्योग परिसंघले गर्यो भारत र बंगलादेश लक्षित पर्यटन प्रवद्र्धन अभियानको शुभारम्भ

बिहीबार, १९ जेठ २०७९, १९ : ११
बिहीबार, १९ जेठ २०७९

नेपाल उद्योग परिसंघले भारत र बंगलादेशका पर्यटकलाई लक्षित गर्दै समर टुरिजम क्याम्पेन चलाएको छ । बिहीवार परिसंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारत र बंगलादेशमा रहेका प्रकेतिप्रेमीहरुलाई नेपाल घुमाउन समर टुरिजम क्याम्पेन शुरु गरेको हो ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक समेत बिस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरुलाई नेपालमा आकर्षित गर्न यो अभियान सञ्चालन गरेको बताए । उनले हाल भारत एवं बंगलादेशमा निकै गर्मी रहेको र गर्मी मौसममा उनीहरु बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्ने विश्वास लिएको बताए ।

त्यस्तै नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले भारत र बंगलादेशको उच्च गर्मीबाट शीतलता खोजिरहेका भारतीय र बंगलादेशी पर्यटकका लागि  नेपालको मौसम अनुकुल रहेकाले यो अभियानले उनीहरुलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे । उनले कोभिडका कारण बाहिर निस्किन नसकेका पर्यटकहरुले यसको लाभ लिने बताए । परिसंघका महानिर्देशक दीपकराज जोशीले भारत र बंगलादेशमा रहेका परिसंघको नेटवर्कबाट पनि यो अभियान प्रवद्र्धन गरिने बताए । उनले नेपाल पर्यटनको लागि उचित र राम्रो गन्तव्य रहेको बताए । उनले अहिले देशका सबै ठाउँ खुलेको भन्दै पर्यटनमा सहज हुने बताए ।

परिसंघले भारतमा अल इण्डिया एशोसिएशन अफ इण्डस्ट्रीज, फेडेरेसन अफ इण्डियन इण्डस्ट्रीज, फेडेरेसन अफ इण्डियन च्याम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्रीज, पीएचडी च्याम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीसँग सहकार्य गर्दै आएको छ । यस्तै बंगलादेशको मेट्रोपोलिटीन च्याम्बर अफ कमस एण्ड इन्डस्ट्री, र ढाका च्याम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीसँग पनि परिसंघले सहकार्य गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप