मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दुई चरणमा फाइजर खोप दिइने’

शुक्रबार, २० जेठ २०७९, १९ : २४
शुक्रबार, २० जेठ २०७९

सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरूलाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विराेध खतिवडाले असार ९ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

सरकारले बालबालिकालाई दुई चरणमा खोप लगाउने भएको छ । पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ भने सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन गरिने भएको छ ।

यस्तै, अन्य ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म अभियान सञ्चालन गरिने मन्त्री खतिवडाको भनाइ छ । खोप सुरक्षित र प्रभावकारी भएकाले निर्धक्क भएर बालबालिकालाई खोप लगाइदिन उनको आग्रह छ । बालबालिकाका लागि यो खोप कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा ८४ लाख फाइजर खोप आउने आपूर्ति शाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप