मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कविता : सोच

शनिबार, २१ जेठ २०७९, १२ : ११
शनिबार, २१ जेठ २०७९

हेर त तिम्रो नाउँमा, शोक मनाउँदैछ यहाँ
त्यही नाउँ भित्र–भित्र, संसार जल्दैछ यहाँ
विचित्र छ अधिकार, त्यो तिम्रो नाउँ भित्र
जलन भएर फुट्छन, ज्वालामुखीहरु यहाँ ।

देशले तिम्रो खोजी गर्दैन, जवान हेर यहाँ
सृष्टिको रचनादेखि नै, विभेद भैराँछ यहाँ
खोज्नु छ अधिकार, विद्रोही बनेर सँगसँगै
बनाउनुछ, समृद्ध अनि सुखी नेपाल यहाँ ।

समानताको कुरा, कागजमा मात्रै छ यहाँ
माथिदेखि तलसम्म, कुरैकुरा मात्रै छ यहाँ 
पीडित छन् आज, भृकुटीदेखि सीतासम्म
शान्तिको त्यो दीप, बचाउने कसरी यहाँ । 

न्यायको नाउँमा, पदको दोहन हुन्छ यहाँ
उसैको सम्मानमा, दीपहरु बालिन्छन् यहाँ 
लेखिन्छन् अधिकारका, कुराहरु सदा–सदा
स–अस्तित्वको सम्मान, नहुँदासम्म यहाँ ।

मातृत्वको आधारमा, भेदभाव भैराँछ यहाँ
जीवन रक्षाको लागि, लड्नुछ सदैव यहाँ
संकल्प हामीले गर्नुछ, परिवर्तनका लागि
प्रवुद्ध सोचको विकास, नहुँदासम्म यहाँ ।
        
साल्पासिलिछो, भोजपुर  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप