मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गजल

शनिबार, २१ जेठ २०७९, १३ : ४३
शनिबार, २१ जेठ २०७९

तिम्रो मुटु मेरो मुटु साट्न पाए हुन्थ्यो
नचुँडिने मायाडोरी बाट्न पाए हुन्थ्यो ।
जिन्दगीका उकाली र ओरालीका यात्रा 
सुखदुःख सँगसँगै काट्न पाए हुन्थ्यो ।
समाजका तगारा छन् ताराभन्दा धेरै
छानी छानी मिलाएर छाँट्न पाए हुन्थ्यो ।
तिमी भए वनकुसुम भँवरालाई होइन
मौरी बनी यौवनपुष्प चाट्न पाए हुन्थ्यो ।
तिम्रो मेरो मायाप्रीति जुनी जुनीसम्म
धर्तीसँग एकै चोटि फाट्न पाए हुन्थ्यो ।
गुल्मी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीनाथ मिश्रित
काशीनाथ मिश्रित
लेखकबाट थप