मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गुरुङको ‘जब एउटा मान्छे हराउँछ’ लोकार्पण

आइतबार, २२ जेठ २०७९, १८ : १२
आइतबार, २२ जेठ २०७९

कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ लोकार्पण भएको छ । शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह लोकार्पण गरेका हुन् ।
कार्यक्रममा समीक्षक राजकुमार बानियाँले कविता सिर्जनामा कवि गुरुङले देखाएको निष्ठाको प्रशंसा गरे । ‘चन्द्र गुरुङ होहल्ला नगरी पनि शालीन भाषामा बागी कविता लेख्न सक्ने कवि हुन् । उनले कविताबाटै आफूलाई सम्पूर्ण रुपले पुष्टी गरेका छन्’, उनले भने । अर्का समीक्षक बिन्दु शर्माले भनिन् । ‘गुरुङका कविता सरल शब्दशैलीको भए पनि त्यसले दिने भाव गहिरो छ । उनका कविताले आफैँसँग संलाप गरिरहे जस्तो लाग्छ’, शर्माले भनिन् । 

अर्का वक्ता कवि श्रवण मुकारुङले दशकौंपछि पढ्दासमेत पुराना नलाग्ने कविता सिर्जना गर्न सक्नु नै चन्द्र गुरुङको विशेषता रहेको बताए । 
‘जब एउटा मान्छे हराउँछ’मा ५० थान कविता समेटिएका छन् । २ सय ४९ रुपैयाँ मूल्य रहेको संग्रह इन्डिगो इन्कले प्रकाशन गरेको हो । यसअघि गुरुङको ‘उसको मुटुभित्र देशको नक्सा नै थिएन’ कवितासंग्रह आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप