ओकाया इनर्जी एण्ड ई-मोबिलिटी ग्रुपले विद्युतीय स्कुटर भित्र्याउँदै
सोमबार, २३ जेठ २०७९, १८ : ५७
ओकाया इनर्जी एण्ड ई-मोबिलिटी ग्रुपले नेपालभर विद्युतीय दुई पाङ्ग्रे सवारी साधन, चार्जिङ ग्रिड र ब्याट्री स्वेपिङ स्टेशन ल्याउनको लागि वृद्धि-शशीला इलेक्ट्रिकसँग रणनीतिक साझेदारी गरेको छ।
ओईईजीको पछिल्लो उत्पादन ओकाया ईभी नेपालमा बहुउपयोगी हुने कम्पनीको विश्वास रहेको छ । यी स्कुटरहरूमा ४.४ kWh को उच्चतम क्षमताको ब्याट्री रहेको छ जसले सिंगल चार्जमा १४० देखि १६० किलोमिटरको यात्रा र ७० किमी प्रतिघण्टाको उच्च गति प्रदान गर्ने कम्पनीको भनाइ छ ।