आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युक्रेनलाई विश्व बैंक​द्वारा थप १ दशमलब ५ अर्ब डलर सहयोग

बुधबार, २५ जेठ २०७९, ०६ : १८
बुधबार, २५ जेठ २०७९

विश्व बैंकले युद्धले तहसनहस परेको युक्रेनका लागि थप १ दशमलब ५ अर्ब डलर रकम सहयोग घोषणा गरेको छ । योसँगै युक्रेनमा विश्व बैंकको सहयोग प्याकेज ४ अर्ब डलरभन्दा बढी पुगेको छ ।  

२४ जनवरीमा रुसले युक्रेनमा हमला सुरु गरेपछि युक्रेनमा मानवीय संकट सृजना हुनुका साथै देशको अर्थतन्त्र तहसनहस भएको छ । युद्धका कारण पूर्वाधारहरु ध्वस्त भएका छन् भने खाद्यान्न निर्यातमा अवरोध  भइरहेको छ । 

नयाँ कोषबाट हालसम्म करिब २ अर्ब डलर निकासा भइसकेको एक विज्ञप्तिमा उल्लेख गर्दै विश्व बैंकले नयाँ वित्तीय सहयोग सरकारी तथा सामाजिक कार्यकर्ताको ज्याला तिर्न प्रयोग गरिने जनाएको छ ।  ‘जारी युद्धका समयमा विश्व बैंकले युक्रेन र यहाँका मानिसका लागि निरन्तर सहयोग गरेको छ ’, बैंकका अध्यक्ष डेभिड मालपासले एक विज्ञप्तिमा भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप