आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

असारदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई कारबाही गरिने

बुधबार, २५ जेठ २०७९, ०९ : १९
बुधबार, २५ जेठ २०७९

वर्षायाममा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका अनुसार रोक लगाउँदा लगाउँदै पनि सडक निर्माणको गरेको पाइएमा कारबाही गर्ने जनाएको हो ।  

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रिँदै जाने भएकाले १ असार  देखि २०७९ भदौ मसान्त (तीन महिना)सम्म सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने’, सो कार्यालयले जानकारी दिएको छ । 

कार्यालयका अनुसार ‘कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने’ भन्दै नियम लागू हुने पाँच दिनअघि नै सो चेतावनी दिइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप