सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यूइएफए नेसन्स लिग : जर्मनी र इंग्ल्यान्डले अंक बाँडे

बुधबार, २५ जेठ २०७९, १० : १५
बुधबार, २५ जेठ २०७९

यूइएफए नेसन्स लिगमा लिग ए ग्रुप ३ को अर्को खेलमा इंग्ल्यान्ड र जर्मनीसँले बराबरी खेल्दै अंक बाँडेका छन् ।  इङल्यान्डले जर्मनीलाई १-१ को बराबरीमा रोकेको हो ।

५०औँ मिनेटमा होफमानको गोलमा जर्मनीले अग्रता लिएको थियो । खेल सकिन दुई मिनेट बाँकी रहँदा ह्यारी केनको पेनाल्टी गोलमा इङल्यान्ड खेलमा फर्किएको थियो ।  केनको इङल्यान्डका लागि यो ५०औँ गोल थियो ।

बराबरीसँगै जर्मनी २ खेलबाट तेस्रो स्थान र एक अंकको इंग्ल्यान्डको चौथो स्थानमा छ । शीर्षस्थानमा भने ४ अंकसहित इटाली छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप