मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पहाडीको ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशित

बुधबार, २५ जेठ २०७९, १४ : ०४
बुधबार, २५ जेठ २०७९

मानव अधिकारकर्मी कृष्ण पहाडीको कविता सङ्ग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशित भएको छ । मानव अधिकार तथा शान्ति समाजले समाजका संस्थापक सभापति पहाडीको उक्त कृति प्रकाशनमा ल्याएको हो । पहाडीको यस कविता सङ्ग्रहमा सङ्कलित कविताहरू जगत्मुखी, जीवनमुखी र सेवामुखी चेतले निर्दिष्ट रहेका छन् । 

पहाडीको ३०औँ यस कृतिमा ६२ वटा कविता छन् । यसमा समाविष्ट कविताहरू ब्रह्माण्ड, अन्तरिक्ष, तारा र ग्रह, मृत्युकालीन अवस्था, मृत्युपश्चात्को कल्पनातित अनुभूति लगायतका विषयवस्तु समेटिएका छन् भने अधिकांश कविता जीवन, जगत् र प्रकृतिको अन्तरसम्बन्धबारे छन् । 

शान्ति समाजका दुई शुभचिन्तकको सहयोगमा यो कृति प्रकाशित गरिएको हो । यसको मूल्य रु. २००  छ भने बिक्रीबाट हुने सम्पूर्ण रकम मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय भवन निर्माणमा खर्च गरिने विज्ञप्तीमार्फत जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप