सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यूईएफए नेसन्स लिग : पोल्याण्डको पोष्टमा बेल्जियमको आधा दर्जन गोल

बिहीबार, २६ जेठ २०७९, ०६ : ०४
बिहीबार, २६ जेठ २०७९

यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ए ग्रुप ४ को खेलमा बेल्जियमले पोल्याण्डलाई ६-१ ले पराजित गरेको छ । बुधबार राति बेल्जियमको जितमा लिन्द्रो ट्रोसार्डले दुई तथा एलेक्स विसल, केभिन डे ब्रुएन, लिन्डर डेनडोनकर र लोइस ओपेन्डाले एक एक गोल गरे । 

यसअघि खेलको २८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस जितसँगै वेल्जियमले २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित पोल्याण्ड २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप