मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तनहुँ पुग्यो निःशुल्क सार्वजनिक शौचालय अभियान

बिहीबार, २६ जेठ २०७९, ०७ : ४९
बिहीबार, २६ जेठ २०७९

तनहुँमा निःशुल्क सार्वजनिक शौचालय अभियान सुरु भएको छ । जिल्लाका होटल, मोटरसाइकल शोरुमलगायतका व्यवसायीले निःशुल्क सार्वजनिक शौचालय अभियानमा सहयोग पुर्याएका हुन् । 

बन्दीपुरको टुँडिखेल स्थित हेरिटेज गेष्ट हाउसले शौचालयको सुविधा दिएको छ । पर्यटकलाई ध्यानमा राखेर निःशुल्क शौचालयको सुविधा दिएको सञ्चालक किसन प्रधानले बताउनुभयो । सार्वजनिक शौचालय नहुँदा पर्यटकलाई सास्ती हुँदै आएको छ । 

यस्तै दमौलीकै एएस मेशिनरी स्टोर्सले पनि निःशुल्क सार्वजनिक शौचालय प्रयोग गर्न दिने घोषणा गरेको छ । सोही स्थानको गोर्खाली मोटर्स प्रालिले पनि निःशुल्क शौचालयको सुविधा प्रदान गरेको छ । 

काठमाडौंका मेयर बालेन्द्र शाहले निजी क्षेत्रलाई कार्यलयमा सार्वजनिक शौचालयको व्यवस्था गर्न गरेको आग्रह देशैभर फैलने क्रममा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप