मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं २ मा राप्रपाको धोका : प्रतिनिधि सभामा ‘नो भोट’

बिहीबार, २१ मङ्सिर २०७४, १८ : ४८
बिहीबार, २१ मङ्सिर २०७४

काठमाडौं–काठमाडौं क्षेत्र नंं. २ मा मतदानको दिन लोकतान्त्रिक गठबन्धन भित्रको विवाद छताछुल्ल भएको छ । निर्वाचनका लागि उम्मेदवार चयनदेखि शुरु भएको विवाद मतदानका क्रममा थप उजागर भएको हो । 

काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधी सभा र प्रदेश सभा ख मा नेपाली कांग्रेसका उम्मेदवार र प्रदेश सभा ख मा राप्रपाका उम्मेदवार चयन गर्न राप्रपाले स्थानीयस्तरबाट दवाव दिएको थियो । तर प्रतिनिधी सभा र प्रदेश सभा दुबैमा कांग्रेसले उम्मेदवार खडा गरेपछि राप्रपाले पनि प्रदेश नं. ख मा उम्मेदवार अघि सारेको थियो । 

नेपाली कांग्रेसबाट प्रतिनिधी सभामा पूर्व सांसद समेत रहेका दीपक कुँइकेल, प्रदेश सभा क मा लोकेश ढकाल र ख मा मनहरी खड्कालाई उम्मेदवार बनाएर मैदानमा पठाएको थियो । कांग्रेससँग रुष्ट बनेको राप्रपाले पनि प्रदेश सभा ख मा शंखरापुर नगरपालिकाका स्थानीय नेता रमेश नापितलाई अघि सारेको थियो । 

प्रदेशसभा ख मा लोकतान्त्रिक गठबन्धनामा आवद्ध दुबै दलको उम्मेदवारी दिएर कसैले पनि फिर्ता नलिएपछि विवाद शूरु भएको थियो । जसको फलस्वरुपमा क्षेत्र नं. २ मा राप्रपाका कार्यकर्ताहरुले राप्रपाका प्रदेश सभाका प्रत्यक्ष उम्मेदवार रमेश नापित र प्रतिनिधी सभा र प्रदेश सभाको समानुपातिकमा गरी राप्रपाका लागि ३ भोट मात्र खसालेको बताएका छन् ।  

यही विवादका कारण कांग्रेसका उम्मेदवार दीपक कुँइकेलले राप्रपाको भोट गुमाउन पुगेका छन् । 

पार्टीका क्रियाशील झन्डै १ हजार सदस्यले प्रतिनिधी सभा तर्फको मतपत्रमा स्वस्तिक छाप नै नलगाएको राप्रपाका स्थानीय नेता मिजेन्द्रकाजी श्रेष्ठले रातोपाटीलाई बताए । राप्रपा समर्थित झन्डै १ हजार हाराहारीले एमालेका उम्मेदवार माधव नेपाललाई भोट हालेको, १ हजार हारहारी कांग्रेसलाई र १ हजार हराहारी मत विवेकशील साझाका डा.सुर्यराज आर्चायलाई भोट गएको हुनसक्ने श्रेष्ठको आंकलन छ ।

लोकतान्त्रिक गठबन्धन भित्रको यो विवादका कारण एमालेका उम्मेदवार माधव नेपाललाई फाइदा पुग्ने देखिएको छ । काठमाडौं क्षेत्र नं. २ मा स्थानीय तहको निर्वाचनमा राप्रपाले ५ हजार २७ मत पाएको थियो । जुन कांग्रेसलाई जानुपर्नेमा मत विवादका कारण विभिन्न उम्मेदवारका लागि बाँडिएको राप्रपाका स्थानीय नेता बताउँछन् । 
 

तराजुमा पनि उल्लेख्य मत खसेको अनुमान 
काठमाडौं क्षेत्र नं. २ को ग्रामिण भूभाग नाङ्लेभारे र लप्सेफेदी बाहेकका अन्य स्थानमा विवेकशील साझा पार्टीले पनि राम्रै मत पाएको देखिएको छ । 
मतदान गरेका केही ब्यक्तिसँग छुट्टाछुट्टै रुपमा नमुना सर्वेक्षणका रुपमा कुरा गर्दै अधिकांश युवा पुस्ताले विवेकशील साझा पार्टीलाई भोट दिएको बताएका छन् । विजय हासिल नगरेपनि सो पार्टीका उम्मेदवार आर्चायले ५ हजार माथि मत कटाउने स्थानीहरुले अनुमान गरेका छन् । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप