सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डोलाई पछि पर्दै सलाहले जिते 'प्लेयर अफ द इयर' अवार्ड

शुक्रबार, २७ जेठ २०७९, ०६ : ०५
शुक्रबार, २७ जेठ २०७९

लिभरपुलका फरवार्ड मोहमद सलाहले पीएफए प्लेयर अफ द इयर अवार्ड जितेका छन् । प्रोफेसनल फुटबलर एसोसिएसनले सलाहलाई पुरुषतर्फको अवार्ड प्रदान गरेको हो । सलाहले अवार्ड जित्ने क्रममा मनोनयनमा परेका अन्य ५ खेलाडीलाई पछि पारे । 

अवार्डका लागि मनोनयनमा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएना, लिभरपुलका साडियो माने, भिर्गिल भान डाइक, टोटेनहमका ह्यारी केन र म्यानचेस्टर युनाईटेडक क्रिस्टियानो रोनाल्डो परेका थिए । 

सलाहले यस सिजन प्रिमियर लिगमा २४ गोल गर्दै गोल्डेन बुट जितेका थिए । यस्तै महिलातर्फको अवार्ड चेल्सीकी साम केरले जितिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप