सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यूईएफए नेसन्स लिग : पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन

शुक्रबार, २७ जेठ २०७९, ०६ : २२
शुक्रबार, २७ जेठ २०७९

चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ । शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक-एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।  

खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो भने गोलविहीन रहे । बाँकी समय दुबै टोलीले गोलको मौका पाएपनि सदुपयोग गर्न सकेनन् । 

जितसँगै पोर्चुगल तीन खेलबाट ७ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । पराजित चेक तीन खेलबाट ४ अंक सहित तेस्रो स्थानमा छ । आज नै भएको खेलमा स्विट्जरल्यान्डलाई १–० ले पराजित गरेका स्पेन दोस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप