सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सञ्चारकर्मी लामिछानेद्वारा संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा

शुक्रबार, २७ जेठ २०७९, ०९ : ३४
शुक्रबार, २७ जेठ २०७९

सञ्चारकर्मी हरिशरण लामिछानेले संघीय संसदको निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन् । चर्चित पत्रकार रवि लामिछानेका सहोदर दाइसमेत रहेका सञ्चारकर्मी लामिछानेले सो उम्मेदवारका बारेमा औपचारिक घोषणा केही समयमा नै गर्नेसमेत बताए ।

‘३ दशक भन्दा लामो संचार कर्मको परिष्कृत अनुभवबाट मेरो अन्तस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको छ,’ सञ्चारकर्मी लामिछानेले भनेका छन, ‘परिवर्तन सम्भव छ भन्ने मान्यतासहित आगामी संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु, सबैको साथ र समर्थनमा यो अभियानमा होमिने छु ।’ 

विस्तृत कार्ययोजना र उम्मेदवारीको औचित्यबारे समयक्रममा औपचारिक घोषणा हुने उनले जनाएका छन । भक्तपुर नगरकोटका स्थायी बासिन्दा लामिछाने निर्वाचन क्षेत्र भने  घोषणा गरिसकेका छैनन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप