सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अपडेट : जाजरकोटको जुनीचाँदे जिप दुर्घटनामा ३ जनाको मृत्यु

घाइतेलाई सुर्खेत ल्याईंदै
शुक्रबार, २७ जेठ २०७९, १० : ४८
शुक्रबार, २७ जेठ २०७९

जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर–५ स्थित बलेबनमा जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–६ घर भएकी ३४ वर्षीया कालिका शाही, २१ वर्षीय दर्शन शाही र वडा नम्बर–५ शिवपुरी घर भएकी ४० वर्षीया पुतला गिरी छन् ।

जुनीचाँदेको लुहादहबाट शिवपुरी जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको बोलेरो दुर्घटना हुँदा ४ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याउन लागिएको कर्णाली प्रदेशका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।  सो बोलेर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बोलेर सडकबाट करिब ५० मिटर तल खसेको छ । ईप्रका गर्खाकोटबाट खटिएको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।

जिपमा ११ जना सवार थिए । दुर्घटनामा परेर जुनिचाँदे–६ बस्ने ८ वर्षीया नमुना सिंह, १४ वर्षीया सरिता शाही, १३ वर्षीया समिक्षा शाही, ३९ वर्षीय विष्णु बहादुर शाही, १३ वर्षीया विपना शाही र २० वर्षका लाल बहादुर बुढा घाइते भएका छन् । वडा नम्बर–५ का ३० वर्षीय नर बहादुर शाही र  दैलेख घर भएका २५ वर्षीय टोपबहादुर थापा पनि घाइते छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप