सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमालेबाट निर्वाचित उपप्रमुख बुढाथोकीले सुविधाको गाडी अस्पताललाई दिए

शनिबार, २८ जेठ २०७९, ०६ : ३८
शनिबार, २८ जेठ २०७९

चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफुले पाउने सेवा सुविधा समाजको हितको लागि प्रयोग गर्ने भएका छन् । बुढाथोकीले आफ्नो पूर्व घोषणा अनुसार आफुले नगरपालिकाबाट पाउने सुविधाको बा २ झ १६२३ नं. सुविधाको गाडी चाँगुनारायण नगर अस्पताललाई हस्तान्तरण गरेका छन् । निर्वाचित हुनु अघि नगरपालिकाबाट आउने सेवा सुविधा लगायत तलब भत्ता नलिने घोषणा गरेका थिए । 

उपप्रमुखले आज एक कार्यक्रम बिच उक्त गाडी चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गरेका हुन् । उक्त गाडी नगर क्षेत्रभित्र रहेका जेष्ठ नागरिक, शारीरिक अशक्त, दीर्घरोगी, बिरामीहरूको सेवामा उपयोग गरिने अस्पतालले जानकारी दिएको छ । 

सो गाडीले घरदैलोमै गई बिरामीलाई चिकित्सकीय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताललाई हस्तान्तरण गरिएको हो, उपप्रमुख बुढाथोकीले भने । 

उनले पाउने तलब भत्ता पनि छुट्टै कोष खडा गरि नगर क्षेत्रका गरिव जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्ग अशक्त व्यक्तिहरुको वृद्धि विकासको क्षेत्रमा खर्च गरिने बताए ।
उद्यमशिलता एवंम स्वरोजगारका क्षेत्रमा खर्च गरिने कुरा उनको भनाइ । उनी नेकपा एमालको तर्फबाट निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप