मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरको सूर्यविनायकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

शनिबार, २८ जेठ २०७९, ०८ : १५
शनिबार, २८ जेठ २०७९

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित किवा चौकमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय ज्योती सेकेण्डरी स्कूलको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

स्कूलको प्राङ्गणमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले स्कूलका विद्यार्थी, उनीहरुका अभिभावक, शिक्षक र स्थानीयसहित १०१३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये २२३ जनाको रक्त परीक्षण, १७२ जनाको भिडियो एक्सरे र १२२ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार दाँतमा समस्या भएका २८ जनाको दाँत खोलिएको छ । त्यस्तै जटिल समस्या भएका कारण शिविरमा उपचार सम्भव नभएका ४२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले यसअघि बिहीवार स्वास्थ्य शिविर सञ्चालन गरेर ललितपुरको ठेचोका ९८२ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्मा बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप