सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कस्तो छ, खेलमैदानमै बेहोश भएका अलमुताईरीको स्वास्थ्य अवस्था ?

आइतबार, २९ जेठ २०७९, ०५ : ५८
आइतबार, २९ जेठ २०७९

कुवेतविरुद्धको खेलमा अचेत हुँदै मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत अहिले भर्खरै सकिएको कुवेतविरुद्धको खेल दौरान अलमुताईरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका थिए।मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल पुर्याएको थियो ।

उनलाई मैदानमै अक्सिजन लगाएर अस्पताल लगिएको थियो । सो खेलमा नेपाल कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप