सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल र अमेरिकाबीचको खेल बराबरीमा

आइतबार, २९ जेठ २०७९, ०७ : ३५
आइतबार, २९ जेठ २०७९

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा टुंगिएको छ । मोसा क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन जोडेपछि खेल बराबरीमा सकिएको हो ।

अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन जोडे । सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रनमा आउट भए  ।

नेपालका आदील आलमले २ विकेट लिए ।  जित उन्मुख अमेरिकाविरुद्ध आदीलले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरे । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिएको थियो । तर,आदीलले पाँच रन खर्चिदै खेल बराबरी गराए ।

खेल बराबरी भएपछि नेपाल र अमेरिकाले एक एक अंक पाएका छन् । लिग टु मा नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका २२ खेलमा २१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप