अमेरिकी सैनिक जनरल पाँचखालदेखि शिवपुरीसम्म (तस्बिरहरु)
अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन पाँचखाल स्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा पुगेका छन् । चार दिने औपचारिक भ्रमणमा नेपाल आएका फ्लिनले आइतबार पाँचखाल र शिवपुरी भ्रमण गरेका हुन् । जेठ २६ मा सद्भावना भ्रमणमा चाल्र्स ए फ्लिन नेपाल आएका थिए ।
सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख रहेका फ्लिनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रदर्शनीको अवलोकन गरेका छन् । अमेरिक सैनिक जनरललाई तालिम केन्द्रको वस्तुस्थितिबारे जानकारी गराइएको नेपाली सेनाले जनाएको छ ।
शिवपुरीमा चाल्र्स ए फ्लिनले तालिमरत शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गरेका छन् । सैनिक कमाण्ड तथा स्थाफ कलेजमा उनले वृक्षारोपण गरेका छन् । शिवपुरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा फ्लिनले भने–‘नेपाली सेना भरपर्दो जमिनी शक्ति र संसारकै पुरानो सेनाहरु मध्ये रहेको छ ।’ उनी आइतबार नै स्वदेश फर्किँएका छन् ।