मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

१० लघुकथा कृति एकसाथ विमोचन

सोमबार, ३० जेठ २०७९, १० : ५७
सोमबार, ३० जेठ २०७९

लघुकथा समाजले १० वटा लघुकथा सङ्ग्रह एक साथ सार्वजनिक गरेको छ । काठामाडौँस्थित बत्तीसपुतलीमा रहेको तृप्त रेस्टुरेन्टमा ती कृतिहरूको प्रमुख अतिथि अशेष मल्ल, लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, निनु चापागाईं र दधिराज सुवेदीले संयुक्त रूपमा विमोचन गरेका थिए ।

विमोचित लघुकथाहरूमा ललिता दोषीको ‘महान् कविज्यू’, मनीष शर्माको ‘हराएको सहर’, म्यामराज राईको ‘हाम्रो बाटो’, किसन पौडेलको ‘खुसी’, रञ्जुजी पराजुलीको ‘जिउँदो सतीप्रथा’, विश्वराज अधिकारीको ‘पीरको आवाज’, गायत्रीकुमार चापागाईंको ‘गाईजात्रा’, कुमुद शर्मा प्याकुरेलको ‘छपन्न भोग’, खेमराज पोखरेल (सम्पादन) को ‘संयोग’, र ‘श्रीवल्ली’ रहेका छन् । उक्त सबै कृति एक साथ विमोचन गर्ने संयोजन खेमराज पोखरेलले गरेका थिए । 
विमोचित लघुकथामाथि हेमचन्द्र नेपाल, गोपाल अश्क, कुमारप्रसाद कोइराला र पुष्करराज भट्टले समीक्षात्मक टिप्पणी गरेका थिए ।

साहित्यिक पत्रकार तुलसीहरि कोइरालाले सञ्चालन गरेको सो कार्यक्रममा राधेश्याम लेकाली, रामप्रसाद पन्त, देवकी तिमिल्सिना, पवन आलोक, नरेन्द्रराज पौडेल, महेश प्रसाईं, लव गाउँले, गोविन्द गिरी प्रेरणा, प्रमोद प्रधान, ध्रुव मधिकर्मी, दिव्य गिरी, राजेश खनाल, युवराज मैनाली, विमल भौकाजी, प्रकाश घायल, हिरण्य कुमारी  पाठक, गङ्गा कर्माचार्य, निशा केसी, मन्दिरा मधुश्री, विमला देवकोटा अधिकारी, नम्रता शर्मा, ममता मृदुल, देवा अधिकारी, मन्दिरा चापागाईं, कमला रानी, अश्विनी कोइराला, राजबाबु श्रेष्ठ सागर, सङ्गीतकार सन्तोष श्रेष्ठ, जय छाङ्छा, प्रदीप पौडेल, यादव भट्टराई, रुद्र अधिकारी, भुवन पाठक, गोकुल अधिकारी, विक्रम भक्त जोशी, विनोद नेपाल, दीपक लोहनी, शङ्गर भारती, लीलाराज दाहाल, श्रीराम राईलगायत साहित्यप्रेमीको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप