आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोचेटिन्होले पीएसजी छाड्ने

सोमबार, ३० जेठ २०७९, १२ : ००
सोमबार, ३० जेठ २०७९

पेरिस सेन्ट जर्मेनका प्रशिक्षक माउरिसियो पोचेटिन्होले क्लब छाड्ने भएका छन् । क्लबका अधिकारीहरूसँग छलफलपछि पोचेटिन्होले सो निर्णय लिएका हुन् ।

पीएसजीले यसबारे औपचारिक घोषणा गर्न बाँकी रहे पनि टोटनह्यामका पूर्व म्यानेजरले आफ्नो करारको अन्तिम वर्ष पुरा नगर्ने बताइएको छ । पोचेटिन्होको स्थानमा जिनेदिन जिदान, जोसे मोरिन्हो र निसका प्रशिक्षक क्रिस्टोफर गाल्टियर आउने चर्चा रहेको छ ।

पीएजसीले गत सिजन फ्रेन्च लिगको उपाधि जिते पनि ५० वर्षीय अर्जेन्टिनी प्रशिक्षकले टोलीलाई च्याम्पियन्स लिगको अन्तिम १६ भन्दा अघि लैजान सकेनन् । पोचेटिन्होले आफ्नो म्यानेजरियल करियरमा पहिलो ट्रफीका रूपमा पीएसजीबाट सन् २०२१ मा कोप डे फ्रान्स र सन् २०२२ मा लिग वान उपाधि जिते पनि क्लबको व्यवस्थापन उनको प्रदर्शनबाट सन्तुष्ट थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप