सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बीओकेले निक्षेपको चार गुणासम्म प्रतिफल दिने

सोमबार, ३० जेठ २०७९, १४ : १३
सोमबार, ३० जेठ २०७९

लगानी व्यवसायिक उद्यमी मात्र होइन बैंकिङ निक्षेप पनि हो । यस्तै मर्मलाई आत्मसात गर्दै वित्तीय व्यवस्थापनमा सहयोग पुग्नेगरी बैंक अफ काठमाण्डू (बिओके) ले ग्राहक लक्षित आकर्षक प्रतिफल तथा विशेषतायुक्त बिओके सुपर मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । यदि बैंकमा पैसा जम्मा गर्न वा लगानीको स्वरुप बचत गर्न खोज्दै हुनुहुन्छ भने तपाईको लागि बिओके सुपर मुद्दती खाता लगानीको उत्कष्ट विकल्प हुन सक्छ । 

अब तपाईले कति प्रतिशत होईन, आफुले बैंकमा जम्मा गर्ने बचत कति समयमा कति हुन्छ भन्ने सुनिश्चितता पाउन सक्नुहुन्छ । अर्थात् बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सुपर बचत खातामा बचत रकमको २ गुणादेखि अधिकतम ४ गुणासम्म प्रतिफल दिन्छ । 

‘बिओके सुपर मुद्दतीमा लगानी, भविष्यको लागि सुरक्षित आम्दानी’ नारासहित बैंकले ६ वर्ष ५ महिनामा निक्षेपको २ गुण देखी १३ वर्षमा निक्षेपको चार गुणासम्मको प्रतिफल योजना ल्याएको हो । यस्तो प्रतिफल प्रतिशतमा नभएर अब कुल निक्षेपको चार गुणा पाइने बैंकले जनाएको छ । 

खासगरी बिओके सुपर मुद्दती खातामा तीन किसिमको योजना ल्याएको बैंकले ६ वर्ष ५ महिनामा दुई गुणा, १० वर्ष ३ महिनामा तीन गुणा र १३ वर्षको मुद्दती निक्षेपमा अधिकतम चार गुणासम्म प्रतिफल दिने जनाएको छ । यद्यपि, यस्तो निक्षेपका लागि निक्षेपकर्ताले न्यूनतम ५० हजार रुपैयाँ खातामा राख्नुपर्नेछ ।

ग्राहकले अन्य सुविधा केके पाउछन् ?
बिओके सुपर मुद्दती खातामा निश्चित समयका लागि पैसा डिपोजिट गर्ने ग्राहकले समय पूरा भएपनि पाउने तोकिएको प्रतिफल बाहेक डिपोजिट गरेलगत्तै अन्य सेवा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । निक्षेपकर्ताले चाहेमा कर्जा सुविधा, क्रेडिट कार्ड सुविधाका साथै सोही मुद्दती खाता बापतको धितो सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । तोकिएको न्यूनतम ५० हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने यस बैंकको मुद्दती खातामा ग्राहकले अधिकतम अधिकतम् २ लाख रुपैयाँसम्मको क्रेडिटकार्ड सुविधा पाउनुका साथै मुद्दती खातामा रहेको कुल मौज्दात (निक्षेप)को अधिकतम ९० प्रतिशतसम्म ऋण सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।  यस्तो ऋण सुविधा सोही मुद्दती खाता कोल्याटर (धितो) को रुपमा रहने उनले बताएका छन् ।

हाल बजारमा रहेको प्रतिशतको झन्झटलाई मुक्त गर्दै बिओके सुपर मुद्दती खाता योजनाले सोझै ग्राहकलाई निक्षेपको गुणात्मक प्रतिफल दिनेगरी नयाँ योजना ल्याएको हो । यस योजनामा सहभागि हुन चाहने ग्राहकले न्यूनतम ५० हजार रुपैयाँदेखि माथि जति पनि रकम राख्न सक्ने बैंकले जनाएको छ । तोकिएको प्रतिफल तोकिएकै समय भित्र भुक्तानी गरिने समेत बैंकले जनाएको छ ।  

साथै, बैंक अफ काठमाण्डू लिमिटेडले ल्याएको गुणात्मक प्रतिफल सहितको बिओके सुपर मुद्दती खाताको जानकारी ग्राहकहरुलाई दिनको लागि यस बैैंकका विभिन्न शाखा कार्यालयहरुले विभिन्न स्थानमा भिन्नभिन्न प्रकृतीको कार्यक्रम समेत गरि गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप