बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नर्भिकले विराटनगरमा पनि आइभीएफ सेन्टर सञ्चालन गर्ने

सोमबार, ३० जेठ २०७९, १७ : ५८
सोमबार, ३० जेठ २०७९

नर्भिक अस्पतालको अन्तर्राष्ट्रिय स्तरको आइभीएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा काठमाडौबाहिर पनि बिस्तार हुने भएको छ । नर्भिकको आइभिएफ सेन्टरको सेवा प्रदेश १ को राजधानी विराटनगरमा समेत विस्तार हुने भएको हो । 
नर्भिक अन्तराष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आइभिएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ । 
विराटनगरको शनिहाट क्षेत्रमा सुविधासम्पन्न नर्भिक आइभिएफ सञ्चालन हुनेछ । 

नर्भिकले थापाथलीमा भने २०७८ को असार तेश्रो साताबाट  अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको थियो । नर्भिकको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको स्तरीय सेवालाई सेवाग्राहीले औधी मन पराएका छन् । सेवाग्राहीहरुको मागअनुसार नै काठमाण्डौमा सीमित यो सेवालाई अन्यत्र पनि विस्तार गर्न लागिएको मिश्रले जानकारी दिए । 
हाल काठमाण्डौमा रहेको आइभिएफ टिमले नै विराटनगरमा पनि सेवा दिनेछ । 

विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी हाल थापाथलीमा विश्वस्तरीय सेवा दिइने गरिएको र सोही स्तरको सेवा विराटनगरमा पनि उपलब्ध हुनेछ । 
देशका अन्य आइभिएफ सेन्टरमा जेनेटिक ल्याबको सुविधा छैन । तर, नर्भिकको यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत रहेको छ । 

प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भ्रूणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण गर्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप