सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रियल मड्रिडले गर्‍यो मार्सेलोको बिदाइ

मङ्गलबार, ३१ जेठ २०७९, ०८ : ३८
मङ्गलबार, ३१ जेठ २०७९

स्पेनिस महारथि क्लब रियल मड्रिडले डिफेन्डर मार्सेलोको भव्य बिदाइ गरेको छ । सोमबार क्लबले सान्टियागो वर्नावेउमा कप्तानसमेत रहेका ब्राजिलियन स्टार खेलाडी मार्सेलोको बिदाई गरेको हो । 

३४ वर्षीय लेफ्ट ब्याक मार्सेलो १५ वर्ष रियलमा बिताएका थिए । मार्सेलो सन् २००७ मा रियल आएका थिए । त्यसयता उनले २५ उपाधि जितेका छन् । जसमा पाँच च्याम्पियन्स लिग रहेको छ । 

मड्रिडमा मार्सेलोले ५४५ खेल खेल्दा ३८ गोलसहित १०३ खेलमा सहयोग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप