आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर दुई जनाको मृत्यु

मङ्गलबार, ३१ जेठ २०७९, ०९ : ३८
मङ्गलबार, ३१ जेठ २०७९

रुपन्देही र पूर्वी नवलपरासीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । रुपन्देहीको सैनामैना नगरपालिका –७ देवीटोलका ५५ वर्षीय  इन्द्रबहादुर काउछा र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –३  निवासी  ६५ वर्षीय केशवबहादुर मल्लको करेन्ट लागेर मृत्यु भएको हो  । 

काउछाको आफ्नो बंगुर फर्ममा सफा गर्ने क्रमममा  करेन्ट लागेर गम्भीर घाइते भई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । 

त्यस्तै  नवलपरासीका मल्लको वडा नम्वर ४ झ्यालबास स्थित खेतमा पानी लगाउने क्रममा  पोलबाट लत्रिएको तारबाट करेन्ट लागेर  घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप