मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

न्यायाधीश नहुँदा भारतीय फोटोग्राफरको मुद्दा स्थगितको सूचीमा

मङ्गलबार, ३१ जेठ २०७९, ११ : १३
मङ्गलबार, ३१ जेठ २०७९

मुद्रा सम्बन्धी कसुरमा सात महिनादेखि थुनामा रहेका भारतीय फोटो पत्रकारको मुद्दा स्थगितको सूचीमा परेको छ । ७ न्यायाधीशको दरबन्दी रहेको झापा जिल्ला अदालतमा मंगलबार तीन न्यायाधीशमात्र उपस्थित छन् ।

तीन न्यायाधीशले यी सबै मुद्दामा सुनुवाइ गर्न नभ्याउने भएपछि भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीको मुद्दा स्थगितको सूचीमा परेको हो ।

नेशनल जियोग्राफी, टाइम्स अफ, इण्डिया, वाल स्टिर्ट फोटोबुक लगायतमा काम गर्ने भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीलाई भद्रपुर विमानस्थलबाट गत मंसिरमा पक्राउ गरिएको थियो । नेपालमा डकुमेन्ट्री बनाउन आएका चौधरीलाई नक्कली डलर बोकेको अभियोगमा पक्राउ गरिएको थियो ।

दुर्लभले भिडियो बनाउने क्रममा उडाउने प्रयोजनका लागि फोटोकपी गरेर ल्याएको अमेरिकी मुद्रालाई चलनचल्तीमा प्रयोग गर्न लागिएको भन्दै प्रहरी प्रतिवेदनका आधारमा सरकारले मुद्दा दायर गरेको थियो ।

सो मुद्दाको फैसला गर्न मंगलबार पूर्ण सुनुवाइका लागि इजलासमा पेसी तोकिएको थियो। तर न्यायाधीश अभावमा चौधरीको मुद्दा स्थगितको सूचीमा परेको हो । दुर्लभको विषयमा सर्वप्रथम रातोपाटीले खोज मुलक समाचार प्रकाशन गरेको थियो । त्यसपछि विभिन्न संघसंस्थाले दुर्लभका लागि कानुनी सहायता प्रदान गर्ने घोषणासमेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप