सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खेलाडी उपचार केन्द्रका लागि बजेटको व्यवस्था गर्छौं : मन्त्री पौडेल

मङ्गलबार, ३१ जेठ २०७९, १२ : १४
मङ्गलबार, ३१ जेठ २०७९

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी आर्थिक बर्षदेखि खेलाडीहरूको उपचार व्यवस्थाका लागि चिकित्सा केन्द्रको व्यवस्था गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत उठेका प्रश्नहरुको जवाफ दिँदै खेलाडीहरूको संरक्षण र विकासका लागि खेलकुद वीमाको अवधारणा विकास गरिएको बताए । 

उनले भने–‘दुर्घटनामा परेका खेलाडीहरूको उपचारका लागि चिकित्सा केन्द्रका लागि बजेटको व्यवस्था गरिएको छ । खेलाडीहरुलाई प्रोत्साहन गर्न खेलाडी तथा प्रशिक्षक जिवन बिमा गरिएको छ । आकस्मिक उपचार सहयोग, खेलाडी पुरस्कार, ओलम्पिक खेलमा सहभागी भत्ता र उत्कृष्ट खेल पुरस्कारको व्यवस्था गरिएको छ ।’ 

एक स्थानीय तह एक खेल पूर्वाधार केन्द्र विकास गर्ने नेपाल सरकारको नीति अनुसार विगतमा निरन्तर विकास भइरहेका खेल पूर्वाधारलाई निरन्तरता दिँदै आगामी आर्थिक बर्षमा १ सय २१ वटा पालिकामा बजेट जाने व्यवस्था गरिएको मन्त्री पौडेलले बताए । 

स्थानीय तहमा खेल पूर्वाधारका लागि स्थानीय तहबाट नै ठाउँ छनौट गरी प्रस्ताव आह्वान गरिएको बताए । त्यसका लागि बजेट नियोजनको अधिकतम सीमा २ करोड भएको उनले बताए । सबै पालिकालाई समान रुपमा बजेट पठाइने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप