बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

खाली पेटमा आँप खानु हुन्छ ? बढ्न सक्छ सुगर र एसिडिटी

मङ्गलबार, ३१ जेठ २०७९, १५ : १७
मङ्गलबार, ३१ जेठ २०७९

के तपाई रसिलो आँप देखेपछि आफूलाई रोक्न सक्नुहुन्न ? यदि तपाई आँपको पारखी हुनुहुन्छ भने कहिले र कति खाने भन्ने कुरा ध्यान पुर्‍याउनुपर्छ । मेडिका अस्पताल राँचीका प्रमुख आहारविज्ञ डा. विजयश्री प्रसाद खाली पेटमा आँप खान नहुने बताउँछन् । किनभने यसले रगतमा चिनीको मात्रा छिटो छिटो बढाउँछ । 

एक ठूलो र काँचो आँपमा २२ देखि २४ ग्राम चिनी हुन्छ । यो पाकेपछि चिनीको मात्र अझै बढ्छ । खाली पेटमा आँप खाँदा मधुमेहको खतरा हुन्छ । विशेष गरी शारीरिक रूपमा सक्रिय नभएका मानिसले खाली पेटमा आँप खाँदा एसिडिटी बढ्छ ।

एक दिनमा कति आँप खानु उचित ?
मौसमी फलफूल खानु स्वास्थ्यको लागि फाईदा हुन्छ । किनकि यसमा भिटामिन, फाइबर, क्याल्सियम आदि प्रशस्त मात्रामा पाइन्छ । आँप पनि मौसमी फल हो । हरेक दिन औसत १५० ग्राम आँप खान सकिन्छ । यदि कोही शारीरिक रूपमा बढी सक्रिय छन् भने कसैले योभन्दा धेरै आँप खान सक्छन् । तर धेरै आँप खाँदा पखाला लाग्न सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप