आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओमानमाथि नेपालको शानदार जीत

बुधबार, ०१ असार २०७९, ०५ : ३६
बुधबार, ०१ असार २०७९

आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानले प्रस्तुत गरेको १६४ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा १०१ बल बाँकी छँदै सफलतापूर्वक पछ्याएको हो ।

नेपालको जीतमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । शेखले सर्वाधिक ६२ रन तथा भुर्तेलले ५६ रनको योगदान दिए । रोहित पौडेलले नटआउट रहँदै २६ रन बनाएर टिमलाई जीतसम्म डोर्‍याए । ओमानका लागि फयाज बटले २ तथा खवाल अलीले १ विकेट लिए ।

यसअघि करन केसीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि ओमान ४६.५ ओभरमा मात्र १६३ रनमा सीमित बनेको थियो । केसीलाई कप्तान सन्दीप लामिछानेले ३ विकेट लिँदै राम्रो साथ दिए । ओमानका लागि कप्तान जीसन मक्सुदले ५२ तथा सन्दीप गौडले ४७ रनको योगदान दिए ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो । १५ खेल खेल्दै नेपालले ७ मा जीत, ७ मा हार र एक खेलमा बराबरी गर्दै १५ अंक बटुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप