सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तीन जना सवार स्कुटर ट्रकमा ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

बुधबार, ०१ असार २०७९, १० : ०६
बुधबार, ०१ असार २०७९

मोरङको बेलबारीमा मंगलबार राती भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना सवार स्कुटर ट्रकमा ठोकिँदा दुई जना गम्भीर घाइते भएका छन। 

जिल्ला ट्राफिक कार्यालय मोरङका अनुसार बेलबारी नगरपालिका–४ बेतना राती ११ बजे दुर्घटना भएको थियो। पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ५५४४ नम्बरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको को २० प ७६४५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक बेलबारी–५ का २६ वर्षीय विक्रम राईको मृत्यु भएको हो । 

उनको नोबेल अस्पताल बिराटनगरमा उपचारका क्रममा बुधबार बिहानको १ बजेतिर मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए अनुसार स्कुटरको पछाडि बसेका पाँचथर मिक्लाजुङ -३ का २० वर्षीय रञ्जन चेम्जोङ र २२ वर्षीय अभिषेक राई गम्भीर घाइते छन। उनीहरू नोबेल अस्पतालमा उपचाररत छन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप